सोमबार, पुष ७, २०८२

जीवन सहज बनाउँदै ब्लाक एन्ड डेकर

नेपालखोज २०७९ असार १ गते १४:३४

काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एन्ड डेकरले नेपाली उपभोक्ताको जीवन सहज बनाउँदै लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ ।

सन् १९७९मा ब्लाक एन्ड डेकरले नयाँ अवधारणा स्वरुप घरको सरसफाइका लागि डस्ट बस्टरको आविष्कार गरेको थियो जसले आफ्नो ताररहित क्रान्तिलाई वर्क बेन्चबाट घरका सबै भागहरूमा र बाहिर विस्तार गरेको थियो । विश्वको पहिलो ह्यान्डहेल्ड कर्डलेस भ्याकुम क्लिनरको सुरुवातसँगै अन्य विभिन्न डिजाइनमार्फत हालको दिनसम्म आफ्नो दायरालाई फराकिलो बनाउँदै ह्यान्डहेल्ड क्लिनिङ श्रेणी र अन्य श्रेणीहरूमा निरन्तर आविस्कारको नेतृत्व गरिरहेको छ ।

घरायसी कार्यहरूलाई अन्यन्तै सहज बनाउने ब्लाक एन्ड डेकरका साना होम एप्लायन्सहरू नेपाली बजारमा सर्वत्र उपलब्ध छ । ब्लाक एन्ड डेकरको बिशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन (ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरू रहेका छन। अन्तरराष्ट्रिय ब्रान्ड ब्लाक एन्ड डेकरका उत्पादनहरू अत्यन्तै स्टाइलिश, टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज भईरहेको र ब्लाक एन्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक एन्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरूमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपाल भरी आफ्नो ३५ वटा भन्दा बढी सर्भिस सेन्टरहरूबाट बिक्री उप्रान्त सेवाहरू छिटो छरितो रुपमा प्रदान गरिरहेको छ ।

हालै ब्लाक एन्ड डेकरले नेपाली समाजमा सकारात्मक प्रभाब पार्न सफल ५ प्रभाबकारी ब्यक्तित्वहरूलाई लिएर आफ्नो उत्पादनहरूको प्रवर्द्धन गरिरहेको छ । टेलिभिजन प्रस्तोता, अभिनेता, निर्माता तथा निर्देशक सुरजसिंह ठकुरीले कफी मेकर र कार भ्याकुम क्लिनरको प्रवर्द्धन गरिरहेका छन् भने मोडेल तथा अभिनेत्री ज्योत्स्ना योगीले वेट एन्ड ड्राइ भ्याकुम क्लिनर र गार्मेन्ट स्टिमरको प्रवर्द्धन गरिरहेकी छन् । त्यस्तै पूर्वमिस नेपाल तथा मोडेल अस्मी श्रेष्ठले एयर फ्राइर र ब्लेन्डरको प्रवर्द्धन गरिरहेकी छन् भने अभिनेत्री, गायिका तथा सामग्री निर्माता सिम्पल खरेलले एअर ह्युमिडिफायर र जुसरको प्रवर्द्धन गरिरहेकी छन् । त्यसैगरी प्रसिद्ध फुड ब्लगर सिद्धार्थ घिमिरे (नेपाल फुड) ले इलेक्ट्रिक प्रेसर कुकर र टोस्टर ओभन (ओटीजी)को प्रवर्द्धन गरिरहेका छन् ।

कम्पनीका अनुसार ग्राहकले ब्लाक एन्ड डेकरको इकमर्स साइट सिजी डिजिटल डटकम डट एनपी मा गएर यी प्रभावकारी ब्यक्तित्वहरूको छुट्टा छुट्टै प्रोमो कोडहरू प्रयोग गरेर ब्लाक एन्ड डेकरको कुनै पनि उत्पादनमा १० प्रतिशत अतिरिक्त छुट पाउन सक्नेछन् ।

नेपाल अधिराज्यभर ब्लाक एन्ड डेकर ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुप रहेको छ । चौधरी ग्रुपले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम, एलजी शपी तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल तथा एलजि शप शोरुमहरू काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी, मिनभवन, सिभिल मल, जावलाखेल, कान्तिपथ, चाहबिल, सितापाइला, ग्वार्को र काठमाडौं बाहिर बिराटनगर, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् । ब्लाक एन्ड डेकरका उत्पादनहरू इकमर्स साइट सीजी डिजिटल डटकम डट एन पीका साथै दराज डटकम डट एनपी र सस्तो डिल डटकमबाट पनि खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया