सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिस्द्वारा पुरस्कार वितरण
नेपालखोज
२०७९ असार १ गते २३:५७

काठमाडौं । सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिस्द्वारा ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ ।
नयाँ वर्षको आगमनसंगैं संचालन गरिएकोे ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक वितरक उपहार योजनाअन्तर्गत ३ वितरक– भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई किया सोनेट कार साथै १० विजेतालाई बजाज २२० एफ एभीएस बाइक पुरस्कार वितरण गरेको हो ।
यस योजनाअन्तर्गत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भौचरहरू पनि प्रदान गरिएका छन् ।
यो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म सञ्चालन गरिएको थियो । जसमा देशभर छरिएका सम्पूर्ण वितरकलाई सहभागी गराइएको थियो । योजनाका विभिन्न पुरस्कार विजेतालाई ज्ञानेश्वरस्थित एटिक रेस्टुराँमा आयोजित एक कार्यक्रममा पुरस्कारहरू वितरण गरिएको थियो ।
सम्बन्धित








प्रतिक्रिया