मंगलबार, वैशाख १६, २०८२

‘मन मोहिनी’ सार्वजनिक

नेपालखोज २०७९ असार २ गते ११:३२

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । ५० भाषाको गीत समेटिएको गीतको लिरिकल भिडियो डीआर म्युजिक एन्ड क्रियसनको युट्यबमार्फत सार्वजनिक भएको हो ।

यो गीतले गिनिज वर्ल्ड रेकर्ड कामय गरेको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिम्सिनाको स्वर छ ।

गीत नेपाली, हिन्दी, जापानी, चिनियाँ, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यान्डिक, बर्मेली, कोलम्बियन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हंगेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा छ । डा. उपाध्यायको यसअघि १२ भाषामा रहेको गीति एल्बम सार्वजनिक भएको थियो ।

गीत-संगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुनुहुन्छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौं गीत स्रोता/दर्शकमाझ छन् । यसअघि गीत-संगीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित १०८ विश्व रकेर्ड कायम गर्नुभएको छ डा. उपाध्यायले ।

डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र ‘भाइरस लभ’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उनले नयाँ उपन्यास चाँडै सार्वजनिक गर्ने पनि जनाएका छन् ।

प्रतिक्रिया