सोमबार, पुष ७, २०८२

नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

नेपालखोज २०७९ असार २ गते १७:४५

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएकार नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकलाई विशेष सुविधा दिने गरी असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् । । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा बैंकका मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख सन्जीव जोशी, टेलिकमका उपप्रबन्धकहरू खगेन्द्रबहादुर श्रेष्ठ र रन्जित लोहियालगायतको उपस्थिति थियो ।

सम्झौताअनुसार टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिस्टर गर्ने सम्पूर्ण ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

नेपालभर २१३ शाखा, १७९ एटीएम मेसिन साथै ४९ एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको बैंक हाल आधुनिक प्रविधिमार्फत सेवा–सुविधा प्रदान गर्दै अघि बढेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको प्रयोग भएसँगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया