मंगलबार, पुष ८, २०८२

प्रधानसेनापति शर्मा लेबनान प्रस्थान

नेपाली सैनिक तैनाथ मिसनहरूको निरीक्षण गरिने

नेपालखोज २०७९ असार ४ गते १३:०६

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा लेवनान प्रस्थान गरेका छन् । औपचारिक भ्रमणका लागि शर्मा सात सदस्यीय टोलीको नेतृत्व गर्दै आज (शनिबार) लेवनान प्रस्थान गरेको सेनाको सचिवालयले जनाएको छ ।

प्रधानसेनापतिको नेतृत्वको टोलीले असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनाका लागि नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण गर्ने भएको छ । यस्तै मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिने जनाइएको छ ।

भ्रमणले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले तैनाथ फौजको हौसला अभिवृद्धि गर्नमा मद्दत पुग्ने जनाइएको छ । विशेषगरी यूएन मिसनको भावी योजनाका सम्बन्धमा जानकारी लिन प्रधानसेनापति शर्मा लेवनान गएका जनाइएको छ । प्रधानसेनापति शर्माको टोली भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुने भएको छ ।

प्रतिक्रिया