विदेश पठाउने बहानामा २१ लाख ठगी गर्ने एक युवक पक्राउ

काठमाडौं । बिदेश पठाई दिने बहानामा रकम ठगी गर्ने एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका १४, हाडिगाउँ बस्ने ३२ वर्षीय रुपेश कार्की पक्राउ परेका हुन् ।
कार्कीले कास्की पोखरा महानगरपालिका १६, बिरौटा बस्ने २२ वर्षीया एक महिलालाई क्यानडा पठाई दिने बहानामा ११ लाख ७१ हजार रुपैयाँ र काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने २८ वर्षीया एक महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजाने प्रलोभन देखाउँदै ९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
कार्कीले आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाएर बिदेश नपठाइ फरार थिए । कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया