मंगलबार, पुष ८, २०८२

नेपाल रेडक्रसले भन्यो- सरकारले फेरि पनि गैरकानुनी निर्णय गर्यो

नेपालखोज २०७९ असार ४ गते १४:१७

काठमाडौं । सरकारले जेष्ठ ३१ गते दोश्रो पटक पुनः गैरकानुनी निर्णय गरेको भन्दै नेपाल रेडक्रस साेसाइटीले जनाएको छ । विवादास्पद छविका व्यक्तिलाई राखेर प्रा. सुदर्शनप्रसाद नेपालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।

कथित रेडक्रसकर्मी तथा स्वार्थ समूहलाई संरक्षण गर्दै तदर्थ समितिमा समावेश गर्नु र सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशविपरित तदर्थ समितिमाथि तदर्थ समिति बनाउने कार्य अत्यन्तै खेदजनक तथा भत्र्सनायोग्य रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रेडक्रसकर्मीका नाममा केही कथित रेडक्रस कर्मी र तिनिहरूबाट रेडक्रसको अग्रगमनमा भएको अवरोधको सन्दर्भमा जानकारी गराउनु उचित ठानेको पनि समितिले दाबी गरेको छ ।

प्रतिक्रिया