सोमबार, पुष ७, २०८२

चारवटामा मनसुनी वायुको प्रभाव, सात वटै प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७९ असार ५ गते ६:२२

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व/पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया