जिप अनियन्त्रित भई भेरी नदीमा खस्दा चालक र सहचालकको मृत्यु
नेपालखोज
२०७९ असार ५ गते ६:४४

रुकुमपश्चिम । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडिबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन् ।
जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
सम्बन्धित








प्रतिक्रिया