सुनचाँदीको मूल्य घट्याे
नेपालखोज
२०७९ असार ५ गते ११:०५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सयले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार पनि ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ३ सयले घटेकाे छ ।आज तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य १० रुपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित








प्रतिक्रिया