सोमबार, पुष ७, २०८२

सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा, एसपीपी सम्बन्धमा छलफल जारी

नेपालखोज २०७९ असार ५ गते ११:४३

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे निष्कर्षमा पुग्न सत्ता गठबन्धनका शीर्ष नेताहरूबचि अहिले छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भईरहेको हो ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्षन नेपाल र जसपा अध्यक्ष यादवबीच शनिबार पनि छलफल भएको थियो । छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालिएको थियो । सो निष्कर्षका सम्बन्धमा नै अहिले बालुवाटारमा प्रधानमन्त्रीसहित छलफल चलिरहेको हो ।

प्रतिक्रिया