स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई सम्मान

काठमाडौं । हिमालय जिम सेन्टर तथा अक्सफोर्ड जिम एन्ड फिटनेस सेन्टरले काठमाडौंमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल शारीरिक सुगठन संघका पूर्वअध्यक्ष रमेशनाथ खनालको प्रमुख आतिथ्यता थियो । कर्माचार्यलाई अक्सफोर्ड जिम एन्ड फिटनेस सेन्टरकी सञ्चालिका निर्मलादेवी श्रेष्ठले खादा लगाएर सम्मान गरेकी थिइन् । यस्तै कार्यक्रममा अन्तर्राष्ट्रिय शारीरिक सुगठनका निर्णायक उदयबहादुर श्रेष्ठलाई उत्कृष्ट विशेष अवार्ड एवं सम्मान-पत्र प्रदान गरिएको थियो ।

यस्तै १६औं धर्मश्री शारीरिक सुगठन वुमेन्स फिजिक प्रतियोगितामा रजत पदक विजेता लुना श्रेष्ठलाई पनि अवार्ड एवं सम्मान-पत्रसहित सम्मान गरिएको थियो ।

हिमालय जिम सेन्टरका अध्यक्ष रामचन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २८ का हालै निर्वाचित जनप्रतिनिधिलाई पनि बधाई एवं शुभकामना दिइएको थियो । कार्यक्रम भने नरेश मल्लले सञ्चालन गरेका थिए ।








प्रतिक्रिया