सोमबार, पुष ७, २०८२

काठमाडौं महानगरको नीति तथा कार्यक्रम यस्तो ! (पूर्णपाठ)

नेपालखोज २०७९ असार ५ गते १९:१०

काठमाडाैं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोर वर्गीकरण गर्ने नीति लिएको छ । फोहोर वर्गीकरण गर्नेलाई विशेष सहुलियत दिने नीति महानगरले लिएको हाे ।

आइतबार काठमाडौं महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनमा आर्थिक वर्ष २०७९/‍०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साहले फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने समेत बताए ।

यस्तै, महानगरले प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला दिगो व्यवस्थापन गरिने घोषणा गरेको छ ।

जसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ति, स्थापना, विकास र सञ्चालनको कार्य गर्न एक छुट्टै परियोजना गठन गरी ‘जेरो वेस्ट’ कार्यान्वयन अवधारणा नीति लिइने घोषणामा उल्लेख छ ।

त्यसैगरी महानगरपालिकाका सबै कार्यालयहरूमा सीसीटीभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको पनि मेयर साहले बताए ।

महानगरपालिकामा हलुका सवारी साधनलाई व्यवस्थापन गर्नका लागि सवारी साधन मापदण्ड तर्जुमा गरी लागु गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणाअनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ ।

प्रतिक्रिया