सोमबार, पुष ७, २०८२

पेट्रोल प्रतिलिटर २१ रुपैयाँले बढ्याे, डिजेल र मट्टितेलको मूल्य १९२

नेपालखोज २०७९ असार ६ गते ६:०८

काठमाडौं । नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि पनि बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनकाे मूल्य फेरि पनि बढाएको हाे । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेर डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । 

यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ । 

 

प्रतिक्रिया