एसीसी महिला टी-ट्वान्टी : बहराइनसँग पहिलाे पटक खेल्दै
नेपालखोज
२०७९ असार ६ गते ७:१०

काठमाडाैं । एसीसी महिला टी- ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै छ । किनरारा ओभल मैदानमा नेपाली समय अनुसार विहान सवा ८ बजेदेखि सुरु हुने छ ।
लगातार दुई खेलमा जित निकालेकाे नेपाल बहराइनलाई पनि पराजित गर्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुने छ । नेपाल र बहराइन पहिलाे पटक खेल्न लागेका हुन् ।
समूह ‘बि’मा २ खेलबाट ४ अंक जाेड्दै नेपाल शीर्ष स्थानमा रहेकाे छ भने बहराइनले २ खेलबाट १ अंक मात्रै जाेडेर चाैथाे स्थानमा छ । आजकाे खेलमा नेपाल विजयी भए १ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्ने छ ।
सम्बन्धित
प्रतिक्रिया