सोमबार, वैशाख २९, २०८२

एन्फाको निर्वाचन आज, कसले मार्ला बाजी ?

नेपालखोज २०७९ असार ६ गते ७:२४

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । विहान ९ बजे  बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सुरु हुने साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

आगामी चार वर्ष एन्फा हाँक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ-आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

चुनावी साधारण सभाकाे ९ बजे उद्घाटन हुने छ भने मतदानकाे प्रक्रिया २ बजेदेखि सुरु हुने छ । ४ बजेसम्म मतदानकाे समय दिइने र त्यसपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएकाे छ । निर्वाचनका लागि ५ प्रकारका मतपत्र बनाइएकाे छ ।

अध्यक्षमा ३ जना उम्मेदवार रहेकाले कुनै एक उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसेकाे दाेस्राे चरणमा निर्वाचन गराउनु पर्ने छ । यस्तामा धेरै मत ल्याउने २ जनाबीच चुनाव गराउनु पर्ने छ । पहिला अध्यक्षकाे टुंगाे लागेपछि मात्रै अरु पदाधिकारी र सदस्यकाे मत गणना हुने जनाइएकाे छ ।

प्रतिक्रिया