आइतबार, वैशाख २८, २०८२

बाढी-पहिरोका कारण भारत र बंगलादेशमा ५९ जनाको मृत्यु

नेपालखोज २०७९ असार ६ गते १२:३३

दिल्ली । भारत र बंगलादेशमा बाढी–पहिरो तथा चट्यांगका कारण ५९ जनाको मृत्यु भएको छ । कैयौँ मानिस बाढी–पहिरोमा फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको बीबीसीले जनाएको छ । बंगलादेशमा सरकारी अधिकारीले अहिलेको बाढी सन् २००४ पछिकै सबैभन्दा ठूलो भएको बताएका छन् ।

यस्तै, भारतको मौसम विभागले केरला, मुम्बई, बिहार, झारखण्ड, पश्चिम बंगाल, ओडिसालगायत क्षेत्रमा आज पनि ठूलो वर्षा हु्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया