सोमबार, पुष ७, २०८२

गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु नेपाली बजारमा सार्वजनिक

नेपालखोज २०७९ असार ६ गते १३:३६

काठमाडौं । ६४ बर्षको ईतिहास बोकेको ईन्डियाको नम्बर १ रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजरहरु उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ। डब्लुएचओ पिक्युएस प्री कालिफाइड यी रेफ्रिजेरेटरको होल्डओभर टाईम ३ देखी ४ दिन सम्मका छन् भने ४७ देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरु फ्रीज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्यांकन गरिएको छ । यी रेफ्रिजेरेटरहरु सीएफसि एचएफसि र एचसीएफसी मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् ।

रेफ्रिजेरेटरको ढोका अगाडि बाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउछ। यी रेफ्रिजेरेटरहरुमा २ बर्षको वारेन्टी रहेको छ । ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदी राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ६ डिग्रीमा स्थिर राख्छ। आइएसओ र सिइ सर्टिफाइद यी रेफ्रिजेरेटरहरु १०० प्रतिशत सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् ।

यी रेफ्रिजेरेटरमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ। यी रेफ्रिजेरेटरहरु ११७ देखी ३२० ब्लड ब्याग सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरुको ढोका पारदर्शी छन जसले उच्च भिजिबिलिटी दिन्छ । यी रेफ्रिजेरेटरहरुमा २ बर्षको वारेन्टी रहेको छ ।

बिभिन्न सल्भेन्ट, केमीकल्स, रिएजेन्ट किट्स, भ्याक्सिन, औषधीहरु आदी राख्न योग्य गोदरेजका ल्याब रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् जसले रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ । आइएसओ र सिइ सर्टिफाइद यी रेफ्रिजेरेटरहरु १०० प्रतिशत सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी पनि छन् ।

यी रेफ्रिजेरेटरमा पूर्व चेतावनी र ऊर्जा व्यवस्थापनको लागि डिजिटल डिस्प्ले सँगै एन्टेलीजेन्ट इलेक्ट्रोनिक तापमान नियन्त्रण रहेको छ । यी रेफ्रिजेरेटरहरु २०० देखी ४०० लिटर सम्मको क्षमतामा उपलब्ध छन् । यी रेफ्रिजेरेटरहरुको ढोका यी पारदर्शी छन जसले उच्च भिजिबिलिटी दिन्छ। यी रेफ्रिजेरेटरहरुमा २ बर्षको वारेन्टी रहेको छ ।

नेपालको बिजुली सेवा अनिश्चित हुनु र बजारमा पाइने सामान्य रेफ्रिजेरेटरहरुले आफुले चाहेको तापक्रम निरन्तर दिन नसक्ने र बाह्य डिजिटल डिस्प्ले थर्मोमिटर नहुने कारण गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरु औषधी पसल, फार्मेसी, ल्याब, हस्पिटलहरुमा एकदम उपयोगी छन् जसले आफुले चाहेको तापक्रम कायम राख्नुका साथै प्रत्यक मिनेट को १२० दिन सम्मको तापक्रमको लगर रिकर्ड पनि राख्दछ ।

कम्पनीका अनुसार कुनै पनि संघ–संस्थाले गोदरेजका मेडिकल रेफ्रिजेरेटरहरुको बारे थप बुझ्न चाहेमा वा बूकिङ गर्न चाहेको खण्डमा कम्पनीको आधिकारिक नम्बरहरु ९८५१२११०६७ र ९८१०३६३३०५ मा संपर्क गर्न सक्ने छ । मुलकभर गोदरेज ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

प्रतिक्रिया