आइतबार, पुष ६, २०८२

निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

नेपालखोज २०७९ असार ६ गते २०:२५

काठमाडाैं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । अधिकारीलाई आज मन्त्रिपरिषदले निलम्बन गरेको हो । अधिकारीलाई मन्त्री आलेकै पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालको सिफारिसमा अध्यक्ष नियुक्ति गरिएको थियो । 

पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया