सोमबार, वैशाख २९, २०८२

एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित

नेपालखोज २०७९ असार ६ गते २१:२२

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकज निर्वाचित भएका हुन् । पंकजले ४५ मत प्राप्त गर्दा कर्माले ३९ मतमात्रै प्राप्त गरे । पंकज र कर्मा यसअघिको कार्यसमितिमा निर्वाचित हुँदा एउटै प्यानलमा रहेका थिए ।

प्रतिक्रिया