साउनदेखि डिजेल र पेट्रोलमा स्वचालित मूल्य प्रणाली लागु गर्दै निगम

काठमाडाैं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागु हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागु गर्ने जनाएकाे हो । स्वचालित मूल्य प्रणाली लागु हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने छ ।
हालसम्म निगमले लागतभन्दा कम मूल्यमा बेच्दै आएको थियो । घाटा धान्न नसक्ने भएपछि यस्तो निर्णय लिएको निगमको भनाइ छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणे शप्रसाद पाण्डेले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको बताए छन् । आपूर्ति व्यवस्था सहज पार्नु र मूल्य समायोजन गर्नु सरकारको कर्तव्य रहेको बताउँदै उनले भने ‘त्यसैले अब पेट्रोलियम पदार्थमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणालीमा जान्छौ । अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्छ र घट्दा पनि तत्काल घटाउँछौ ।’ तत्कालका लागि खाना पकाउने एलपीजी ग्यासको मूल्य भने नबढाउने उनले जानकारी दिए ।








प्रतिक्रिया