आज जुन २१ तारिख, वर्षकै सबैभन्दा लामो दिन !
नेपालखोज
२०७९ असार ७ गते १०:४७

काठमाडौं । जुन २१ तारिखलाई ग्रीष्मकालीन संक्रान्तिका रूपमा लिइन्छ । आजको दिन उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन हो । यस्तै सबैभन्दा छोटो रात पनि आजै मानिन्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुने जनाइएको छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुने वैज्ञानिकहरू बताउँछन् । जुन २२ तारिखदेखि भने बिस्तारै दिन छोटो र रात लामो हुँदै जाने हुन्छ । ।
सम्बन्धित








प्रतिक्रिया