मंगलबार, वैशाख १८, २०८१

गगन थापाको क्षेत्रमा युवा इन्जिनियर आकर्षण पोखरेलको उम्मेद्वारी

नेपालखोज २०७९ असार ७ गते ११:४६

काठमाडौं । देशका विभिन्न ठाउँमा युवा पुस्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ । स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले जित हासिल गरेपछि संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने पनि बढ्दै गएका छन् ।

कांग्रेस नेता गगन थापाले जित्दै आएको काठमाडौं क्षेत्र नम्वर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले सांसदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको दाबी गरेका छन् ।

उनले कसैलाई गाली गरेर नेता बन्न नचाहेको स्पस्क्ष् पारेका छन् । गत संघीय निर्वाचनमा यस क्षेत्रमा कांग्रेस नेता थापाले एमाले नेता राजन भट्टराईलाई पराजित गरेका थिए ।

प्रतिक्रिया