आइतबार, पुष ६, २०८२

रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

नेपालखोज २०७९ असार ७ गते १३:४७

काठमाडौं । सञ्चार क्षेत्रबाट राजनीतिमा आएका रवि लामिछानेको नेतृत्वमा एक नयाँ पार्टी गठन गरिएको छ । पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामाकरण गरिएको छ । राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा लामिछानेले नयाँ पार्टीको घोषणा गरेका हुन् ।

पार्टी घोषणा कार्यक्रममा लामिछानेका हजारौं समर्थकको भीड रहेको थियो । पार्टीको घोषणापछि उनले आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको जनाएका छन् ।

प्रतिक्रिया