मूल्यवृद्धिको विरोधमा प्रदर्शन, ८ प्रदर्शनकारी पक्राउ (तस्बिरसहित)
नेपालखोज
२०७९ असार ७ गते १४:५१

काठमाडौं । मूल्यवृद्धिविरुद्ध प्रदर्शन गर्दा महिला नेतृ कुन्ती पोखरेलसहित आठ जनालाई प्रहरीले काठमाडौंको पुरानो बानेश्वरबाट नियन्त्रणमा लिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै अझ प्रोत्साहन गरेको भन्दै मंगलबार कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै, पुरानो बानेश्वर चोकमा सरकारी सवारीलाई अवरोध गर्दा आठजना पक्राउ परेका हुन् ।

सवारी चल्न नदिँदा केहीबेर प्रहरीसँग तनाव भएको थियो । प्रहरीले भने आन्दोलनकारीलाई नियन्त्रणमा लिँदै आवागमन सामान्य बनाएको छ । पोखरेलले भनिन्, ‘सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन ।’ मूल्यवृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने पोखरेलले चेतावनी दिएकी छन् ।


सम्बन्धित








प्रतिक्रिया