महिला टी-ट्वान्टी : हङकङले नेपाललाई ७ विकेटले हरायो
नेपालखोज
२०७९ असार ७ गते १५:५९

काठमाडौ। एसीसी महिला टी–ट्वान्टी च्याम्पियनशिपमा हङकङले नेपाललाइ सात विकेटले हराएको छ । नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर पाँच बलमा मात्रै तीन विकेट गुमाएर भेटाएपछि जित सुनिश्चित गरेको हो । यसअघि नै सेमिफाइनल पुगेको नेपालले मंगलबारको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ ।
हङकङकी मिारिको हिलले ४५ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राईले दुई र सीता मगरले एक विकेट लिईन् । नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३२ र अप्सरी बेगमले २२ रनको योगदान दिइन् । यसअघि नै सेमिफाइनल पुगेको नेपालले आजको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ । १० टिम सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० खेल्न पाउने छन् ।
सम्बन्धित
प्रतिक्रिया