आइतबार, पुष ६, २०८२

अन्तर्राष्ट्रिय रग्बी सिरिजमा नेपालकाे हार

नेपालखोज २०७९ असार ८ गते ६:५७

काठमाडाैं । नेपाल बंगवन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजमा पराजित भएको छ । रग्बी सेभेनको दुई खेलको श्रृंखला नेपाल २–० ले गुमाएको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसंग २०–० स्कोरले पराजित भयो । बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो । प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने) बाट ५ स्कोर दिइन्छ । बंगलादेशका नदिम मेहमुदले २ ट्राइ तथा सोहेल राना र अनवर जमानले १-१ ट्राई गरेका थिए ।

दोस्रो खेल नेपाल १९–० ले पछि पर्‍यो। पहिलो खेलको तुलनामा खेलाडीहरुले स्तरीय प्रदर्शन गरेका थिए। बंगलादेशका मोहम्मद नदिमले ७, अनवर जमानले ७ तथा ओबेडुर रहमानले ५ स्कोर गरे। नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो ।

नेपालले आज रग्बी १५ को पहिलो आधिकारिक प्रतियोगिता खेल्नेछ । पछिल्लो समय नेपालले सन् २०१८  मा सिंगापुरमा एसिया रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया