आइतबार, पुष ६, २०८२

नदी नालामा बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन विभागले आग्रह

नेपालखोज २०७९ असार ८ गते ९:०७

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । सप्तरी र आसपासका क्षेत्रमा डुबानको सम्भावना रहेकाले सतर्क हुन विभागले आग्रह

संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने भएको छ । केही नदीमा आकस्मिक वहाबसमेत हुन सक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रतिक्रिया