आरोही श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाशविक्रम शाहलाई सम्मान गरेको छ ।
श्रेष्ठले हालै नेपालमा रहेका आठ हजार बढी उचाइका सातवटा हिमालको सफल आरोहण गरेकी थिइन् । उनले एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोण गरेकी थिइन् ।
यस्तै पटकथा र सिर्जनशीलतामा विशेष कौशल भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फिस्टिभलमा लोरी चलचित्रमार्फत स्पेसल मेन्सन अवार्ड जितेका थिए ।
परिसंघको उपाध्यक्षसमेत रहेका पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दीपकराज जोशीले उनीहरूको उपलब्धिको प्रशंसा गर्दै सम्मान गरे । उनीहरूको यस सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ ।








प्रतिक्रिया