विप्लव समूहका ४ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार नेताले सामूहिक राजीनामा दिएका छन् । पूर्वपोलिटब्युरो सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित चार नेताले विप्लवका साथ छाडेको बिहीबार एक विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवं विशेष कमिटी सदस्य रमेश परियार (जीवन) ले सामूहिक राजीनामा दिएका छन् ।
‘हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।
सडक, सदन र सरकारको मोर्चामा कम्युनिष्ट क्रान्तिकारी एकताबद्ध र बलियो हुन सकेनन् भने सम्राज्यवादीहरूले देश खाने स्थिति सिर्जना हुने भएकोले सबैलाई एकताबद्ध गर्न अभियान थालिएकाे पनि बताइएकाे छ ।









प्रतिक्रिया