नेपाल टेलिकमले गर्यो लिज लाइनको महसुलदर पुनरावलोकन

काठमाडौं । नेपाल टेलिकमले लिज लाइन पुनरावलोकन गरेको छ । टेलिकमले आफूले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुलदर कायम गरेको हो । गत असार १ देखि लागु हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुलदर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको टेलिकमले जनाएको छ ।
यसअन्र्तगत इन्टरनेट लिज लाइनअन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुलदर पहिले २५ सय रुपैयाँ रहेकामा अब १६ सय रुपैयाँ मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुलदर पनि २३ सय रुपैयाँबाट घटाएर १६ सय रुपैयाँमा कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः २१ सय र १९ सय रुपैयाँ रहेकामा अब दुवैको महसुलदर १५ सय रुपैयाँ कायम गरिएको छ ।
इन्ट्रानेट लिज लाइनअन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रुपैयाँ रहेकामा अब २४ सय रुपैयाँ र ११ देखि १०० एमबीपीएसको २४ सय रुपैयाँ रहेकामा अब २१ सय रुपैयाँ र १०० एमबीपीएसभन्दा बढीको २१ सय रुपैयाँ रहेकामा अब १८ सय रुपैयाँ मात्र कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको जनाएको छ । यो सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भईरहने जानकारी पनि टेलिकमले दिएको छ ।









प्रतिक्रिया