दुई अर्ब बराबरको डिबेन्चर जारी गर्दै सनराइज बैंक
नेपालखोज
२०७९ असार ९ गते १९:४७

काठमाडौं । सनराइज बैंक लिमिटेडले दुई अर्ब बराबरको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र उक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नको लागि बिहीबार सनराइज बैंक लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबिच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो ।
उक्त ऋणपत्र मध्ये एक अर्ब २० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ८० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया