आइतबार, पुष ६, २०८२

सिटिजन्सका ग्राहकलाई अलफ्टमा १० प्रतिशतसम्म छुट

नेपालखोज २०७९ असार १० गते १२:०१

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छायादेवी कम्प्लेक्स, ठमेलस्थित अलफ्टबीच सम्झौता भएको छ । सिटिजन्सका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपश्चात् सिटिजन्सका कार्डवाहकले अलफ्ट होटेलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफी सप र एक्वाबारमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । त्यसैगरी आफ्ना कार्डवाहकको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले गरेको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई-केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । साथै ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याको छिटो समाधान होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको स्थापना गरिसकिएको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्यालाई शाखामा उपस्थित नभईकन ०१-५९७००६८ नम्बरमा फोन गरी तथा मा इमेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभर फैलिएका आफ्ना १७५ शाखा, १२७ एटीएम र ९५ वटा शाखारहित बैंकिङ एकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया