मंगलबार, वैशाख १८, २०८१

सेयर लगानीकर्ता कोइरालाले तोडे अनशन

संघर्ष समितिको १९ बुँदे माग कार्यान्वयन गर्ने सम्झौता

नेपालखोज २०७९ असार १० गते १४:१९

काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरालाले १० दिनपछि अनशन तोडेका छन् । असार १ गते देखि आमरण अनशन बसेका कोइरालाले सम्बन्धित निकायले आफूले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन तोडेका हुन् । उनी सेयर बजार सुधार र विस्तारको माग गर्दै अनशन बसेका थिए ।

पुँजी बजार सुधार र विस्तारका लागि गठित संघर्ष समितिको माग कार्यान्वयन गर्ने सम्बन्धमा आज (शुक्रबार) सम्झौता भयाे । १९ बुँदे सम्झौता भएसँगै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

कोइरालालाई नेपाल धितोपत्र बोर्डका कार्यालयभित्र अनशन बस्न दिइएको थिएन । अन्ततः उनले कार्यालय परिसरबाहिर बसेर अनशन सुरु गरेका थिए । पुँजी बजारको संवेदनशीलता र लाखौं लगानीकर्ताको लगानीलाई सरकारले बेवास्ता गरेको कोइरालाको गुनासो छ ।

प्रतिक्रिया