रवि लामिछाने र रमेश खरेलबीचको भेटवार्तामा के भयो कुराकानी ?
नेपालखोज
२०७९ असार १० गते १५:०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको लामिछाने-खरेलबीचको भेटमा समसामयिक राजनीति विषयबारे छलफल भएको बताइएको छ ।
सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिर राखेर भेटघाटबारे जानकारी दिएको हो । लामिछाने र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका खरेल आगामी संसदीय चुनावमा काठमाडौं १ बाट उम्मेद्वारी दिने तयारीमा छन् ।
लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सोही दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए पनि आधिकारिक रुपमा दर्ता हुन भने बाँकी छ ।

सम्बन्धित








प्रतिक्रिया