आइतबार, पुष ६, २०८२

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन

नेपालखोज २०७९ असार १० गते १५:१८

काठमाडौं । ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

तिलोत्तमा नगरपालिका ५, रूपन्देहीस्थित मणिग्राम शाखाको उदघाटन तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण र बैंकका सञ्चालक सुरेन्द्रबहादुर नेपालीले संयुक्त रूपमा गरेका हुन् । साथै, रामग्राम नगरपालिका ३, परासीस्थित परासी शाखाको उद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका सञ्चालक मन महर्जनले संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीहरूको उपस्थिति थियो । नयाँ शाखाहरूको उद्घाटनका अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकका निमित्त शून्य मौज्दातमै क्यूआरकोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया