सोमबार, वैशाख २९, २०८२

सुरु भयाे राष्ट्रिय एथलेटिक्स, मन्त्री गहतराजले गरे उद्घाटन

नेपालखोज २०७९ असार १० गते १९:११

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखl सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगिताले उत्कृष्ठ खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै मन्त्री गहतराजले उत्कृष्ठ प्रदशर्नका लागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामनासमेत दिए ।

नेपाल एथलेटिक्स एसोसियशनद्वारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया