एमडीआरटी वार्षिक मिटिङका लागि रिलायन्सका दुई अभिकर्ता अमेरिका प्रस्थान

काठमाडौं । मिलिनियम डलर राउन्ड टेबल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् ।
यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका तीन अभिकर्तामध्ये दुईजना रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।
बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्वयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाइ गरेको छ । कार्यक्रममा लिडरद्वयलाई सम्मान गर्नुका साथै राष्ट्रिय भावनाको प्रतीक राष्ट्रिय झन्डासमेत हस्तान्तरण गरिएको थियो ।
आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्तामाझ उपस्थिति जनाउन गएकामा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमा क्षेत्रको बिकासमा योगदान दिन अनुरोध गरे ।
बिमाकर्मी नमिता न्यौपानेले आफू सदैव बिमा क्षेत्रको विकासमा लागिरहने बताउँदै यस्तो मौका सिर्जना हुने वातावरण प्रदान गरेकामा कम्पनीप्रति धन्यवाद जनाइन् ।
उनी यसअघि पनि तीनपटक एमडिआरटी तथा सीओटीका रूपमा सो कार्यक्रममा छनोट भएकी थिइन् भने अर्का अभिकर्ता कमल दाहाल दोस्रोपटक सो कार्यक्रममा छनोट भएका हुन् ।
सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मीसमेत रहेका दाहाल नेपाली बिमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बिमाकर्मीका प्रेरणाको स्रोत रहेको कम्पनीले जानकारी दिएको छ ।








प्रतिक्रिया