शनिबार, पुष ५, २०८२

कर्मचारीको ‘बचत वृद्धि स्वीकृत अवकाश कोष’मा प्रतिफल थपियो

नेपालखोज २०७९ असार १२ गते १३:२३

काठमाडौं । नागरिक लगानी कोषले ‘कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष’ कार्यक्रमका करिब दुई लाख ९८ हजार सहभागीलाई कोषको आव ०७७/७८ सम्मको मुनाफाबाट एक दशमलव पाँच प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोष सञ्चालक समितिको असार ११ गते शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव पाँच प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीको खातामा कुल रकम एक अर्ब ७४ करोड रुपैयाँ जम्मा हुनेछ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरूको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।

प्रतिक्रिया