शनिबार, वैशाख २७, २०८२

७ जुवाडे पक्राउ

नेपालखोज २०७९ असार १२ गते १५:२१

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका १०, बालुवाखानीस्थित दिनेश दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने ५६ वर्षीय कृष्णकाजी श्रेष्ठलगायत सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो नगद ८८ हजार ५ सय १५ रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया