शनिबार, पुष ५, २०८२

पर्यटनमन्त्री आलेले दिए राजीनामा !

नेपालखोज २०७९ असार १२ गते १५:५५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोहीअनुसार आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आलेनिकट स्रोतले बतायो ।

मन्त्रीबाट राजीनामा दिएका आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।

आलेसहित स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ र अन्य ६ जना गरी जम्मा १० जनाले मन्त्रिपरिषद् हेरफेरप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर पछि पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले ध्यानाकर्षण पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए । ध्यानाकर्षण पत्र बुझाउनेमध्ये खतिवडा, झाँक्री र श्रेष्ठले भने मन्त्री पदबाट पछि नहठ्ने अडान कायमै राखेका छन् ।

प्रतिक्रिया