शनिबार, पुष ५, २०८२

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

नेपालखोज २०७९ असार १२ गते १६:१६

मोरङ । बूढीगंगा गाउँपालिका ४ स्थित सडकमा को.१च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका ४ बस्ने ६९ वर्षीय मंगल रामको मृत्यु भएको छ ।

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट सख्त घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो ।

हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया