युनाइटेड सिमेन्ट्सले बाँड्यो स्कुल-ड्रेस
नेपालखोज
२०७९ असार १२ गते १७:१६

ललितपुर । युनाइटेड सिमेन्ट्सले महादेव खोला लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई ‘स्कुल ड्रेस’ वितरण गरेको छ ।
युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । कार्यक्रममा एस.एम. रोडा ढुंगाको पनि योगदान थियो ।
युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो । भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगले आफ्नो उत्तरदायित्व वहन गर्न सधैं तयार रहेको जानकारी गराएको छ ।
सम्बन्धित








प्रतिक्रिया