समृद्धि फाइनान्सले गर्यो बुटवलमा वृक्षरोपण
नेपालखोज
२०७९ असार १२ गते १७:५७

काठमाडौं । समृद्धि फाइनान्सले बुटवलमा वृक्षरोपण गरेको छ । फाइनान्सका अनुसार असार १० गते बुटवल १३ मा रहेको मिलन पार्कमा पार्ककी अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
फाइनान्सले समय–समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए ।
फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्र्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।
फाइनान्सले हाल पाँच शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सन्जाल विस्तार गर्दै चाँडै जनकपुर, इटहरी र बनेपामा पनि सञ्चालन हुने जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया