सेन्चुरी बैंकको सेन्चुरी हाइब्रिड बचत खाता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकको हितलाई ध्यानमा राखेर सेन्चुरी हाइब्रिड बचत खाता सञ्चालनमा ल्याएको छ । यो खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् ।
सेन्चुरी बैंकको सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमै खोल्न सकिने बैंकले जानकारी दिएको छ । यो खातामा बैंकले ग्राहकलाई भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ ।
यस खातामा विभिन्न सेवा विनासर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाबाट खोल्न सकिनेछ ।
आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेन्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया