बिहीबार, जेठ २, २०८२

शक्ति राष्ट्रले रुसविरुद्ध बाेल्दा युक्रेन लक्षित दर्जनौं क्षेप्यास्त्र प्रहार, एकजनाको मृत्यु

नेपालखोज २०७९ असार १३ गते ८:१८

काठमाडाैं । दर्जनौं रुसी क्षेप्यास्त्रहरूले युक्रेन लक्षित थुप्रै प्रहारहरू गरेका छन् । यो राजधानी किएभमा महिनौं यता भएको सबैभन्दा ठूलो गोलाबारी हो । आक्रमणका कारण किएभस्थित एक आवासीय भवन ध्वस्त भएको छ । घटनाका क्रममा कम्तीमा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएका छन् ।

युक्रेनले आइतबार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको बताएको छ ।अर्को केन्द्रीय सहर चर्कसीमा भएको आक्रमणमा परी एक जनाको मृत्यु भयो । आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र समाविष्ट छ ।

विश्वका धनी राष्ट्रहरूको समूह ‘जी सेभेन’का नेताहरूले युक्रेन युद्धलाई छलफलको शीर्ष विषय बनाएर दक्षिण जर्मनीको बाभेरियामा तीनदिन लामो शिखर सम्मेलन सुरु गरेपछि युक्रेनमा आक्रमणहरू भएका हुन् ।

सम्मेलनमा सहभागी नेताहरूले किएभलाई थप सैन्य सहयोग उपलब्ध गराउने र मस्कोमाथि थप प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ। बीबीसी

प्रतिक्रिया