देशभर मनसुनी वायुको प्रभाव, सातवटै प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कर्णाली र मधेस प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
त्यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
त्यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी तथा एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको विभागले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिक्रिया