बिहीबार, पुष ३, २०८२

सुनचाँदीकाे मूल्य स्थिर

नेपालखोज २०७९ असार १४ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार पनि छापावाल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ स्थिर रहेर आज प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेकाे छ । चाँदी आज प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया