बिहीबार, पुष ३, २०८२

वामदेवले गरे नयाँ पार्टीको घोषणा, पार्टी बहुपदीय पद्धतिमा जाने

नेपालखोज २०७९ असार १४ गते १६:३३

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गरेका छन् । दलको सचिवमा डीबी कार्की छन् ।

गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् । गौतम नेतृत्वको पार्टी ७ जना उपाध्यक्षलगायत रहने बहुपदीय हुने भएको छ ।

पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना उपाध्यक्ष र एकजना महासचिव रहनेछन् । यस्तै एकजना उपमहासचिव, एक उपमहासचिव र एकजना सचिवको व्यवस्था रहने गौतमले पार्टी घोषणा गर्दै बताए । दैनिक कार्यसञ्चालनका लागि १५ सदस्यीय स्थायी कमिटी पनि चयन गरिने भएको छ ।

प्रतिक्रिया