गैंडाको खाग ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०७९ असार १४ गते २३:५३

काठमाडौं । संरक्षित वन्यजन्तु गैंडाको सिकार गरी खाग राख्ने एवं खरिद-बिक्री तथा ओसारपसारमा संलग्न फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९, शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजा रहेको प्रहरीले जनाएको छ ।
चितवन कालिका नगरपालिका ११ घर भई हाल तनहुँ व्यास गाउँपालिका ११, मूलपानी बस्ने ठूलो कान्छा एवं सागर प्रजा भनिने ५२ वर्षीय विन्दरसिंह प्रजासमेत भएको गैंडा सिकार गरी खाग (आखेटोपहार) खरिद-बिक्री तथा ओसारपसार गरेको मुद्दामा फरार रहेका रामकुमारलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर हेटौंडा उपमहानगरपालिकाबाट पक्राउ परेका रामकुमारलाई आवश्यक कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको पनि प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया